<

हेमन्त केसीसुर्खेत, ३० असाेज । 

भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । वेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।

उनि सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलमा भिरबाट लडेर करिव १५० मिटर तल खसी मृत अबस्थामा भेटिएको स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । उक्त खवर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वको  टोली घटनास्थलमा पुगेको  थियो ।

उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0