<

वीरगन्ज, वैशाख १२ गते । बारा क्षेत्र नम्बर २ को मङ्गलवार बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नु भएको छ ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार यादवले १० हजार ४७८ मत ल्याउनु भएको छ भने उहाँलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले सात हजार ४० मत ल्याएर पछ्याइरहनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार १४४ मत ल्याएर तेस्रो स्थानमा रहनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश प्रसाद खरेल एक हजार ८८३ मत ल्याएर चौथो स्थानमा रहनु भएको छ ।

त्यस्तै गरी आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले ५९९ ल्याई पाँचौँ स्थानमा रहनु भएको छ । यसअघि बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका राम सहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनु भएपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो । सभार गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0