<

काठमाडौं, १२ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

 

कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

 

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरुले पनि १–१ अंक बाँडेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0