<

 

लमजुङ २३ भदाै ।

लमजुङको दोर्दी गाउँपालिकाले रासायनिक मलको बिक्रि मुल्य निर्धारण गरेको छ । सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रिमा एक रुपता ल्याउन र व्यवस्थित गर्न गाउँपालिकाले मुल्य निर्धारण गरेको हो ।

अनुदान वितरण व्यवस्थापन निर्देशिका २०७७ बमोजिम दोर्दी गाउँपालिकामा गठित स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले उपभोक्ताहरुलाई विक्रि गर्ने मुल्य निर्धारण गरेको हो । समितिको निर्णय अनुसार युरिया मलको विक्रि मुल्य ५० केजीको प्रतिबोरा १२ सय रुपैया र फुटकर प्रति किलोको २४ रुपैया तोकिएको छ । यसैगरी डि.ए.पि. प्रति बोरा २ हजार ६ सय ४४ रुपैया ५० पैसा र प्रति किलो ५२ रुपैया ८९ पैसा निर्धारण गरेको छ भने पोटास ५० केजिको प्रतिबोरा २ हजार ५०, फुटकर प्रतिकिलो ४० रुपैया ९९ पैसा मुल्य तोकिएको छ ।

मल आपूर्ति गरिएको स्थानदेखिको ढुवानी तथा लोड अनलोड शुल्क जोडेर मलको विक्रि मुल्य निर्धारण गरिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख निराजन पौडेलले बताए ।

 

लमजुङमा यस अघि बेसीशहर, मध्यनेपाल, मस्र्याङदी लगायतका स्थानीय तहले मलको विक्रि मुल्य निर्धारण गरिसकेका छन् । विगतमा सहकारीहरुले नै मलको बिक्री मूल्य निर्धारण गर्दै आएकोमा मुल्यमा एकरुपता नभएको र कतिपय सहकारीले अस्वाभाविक मूल्यमा रासायनिक मल बिक्री गरेको गुनासो आएकाले सम्बन्धित स्थानीय तहले अनुदानको रासायनिक मलको विक्रि मुल्य निर्धारण गर्ने व्यवस्था अनुसार स्थानीय तहहरुले मुल्य निर्धारण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0