<

बारा, ११ बैशाख । हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा–२ को मतगणना आजवाट सुरु हुने भएकाे छ ।

आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ ।

 

सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।

 

तनहुँ–१ मा मतपरिणाम सार्वजनिक भईरहदाँ बारा–२ र चितवन–२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

 

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी, चितवनले आचारसंहिता उलङघन गरेको भन्दै कांग्रेसले दिएको उजुरीको सम्बोधन नभएसम्म सर्वदलीय बैठक नबस्ने अडान कांग्रेसले लिएको छ । जसकाकारण चितवन–२ मा मतगणना सुरु हुन नसकेकाे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0