<

काठमाडौं, ११ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

 

कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ।

 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

 

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएकाे थियाे । यसअघिकाे खेलमा बिजेता रहेका दुवै टाेली आज मैदानमा उत्रन लागेका हुन ।

 

उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिडन लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हाे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0