<

मुम्बई, १० बैशाख । सन् २००० मा रिलिज सुपरहिट रोमान्टिक मेडी फिल्म ‘हद कर दी आपने’ले हालै २३ वर्ष पुरा गरेको छ ।

 

यो फिल्ममा गोविन्दा र रानीको जोडीलाई दर्शकले खुबै मनपराए ।

 

अब निर्माताले यो फिल्मको रिमेक भर्सन दर्शकमाझ ल्याउने तयारी गरेका छन् ।

 

निर्देशक मनोज अग्रवालका अनुसार फिल्मको रिमेक बनाउने तयारी सुरु भइसकेको छ । उनले स्क्रिप्ट पनि लेखिसकेका छन् । यद्यपि उनलाई भने रिमेकको खबर सार्वजनिक हुनासाथ आफू ट्रोलमा परिने हो कि भन्ने डर छ ।

 

उनले फिल्मको रिमेकमा अघिल्ला फिल्मका हरेक दृश्य नसमेटिने बताए । फिल्मका कलाकारको भूमिका अलग भए पनि फिल्मको सार भने पहिलाकै जस्तो हुने खुलाए ।

 

उनले फिल्ममा गोविन्दा र रानीको जोडी पुनः हुनेमा केही संकेत गरे । ‘उनीहरुसँग नियमित सम्पर्कमा छु । तर फिल्मको बारे कुराकानी भइरहेको छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0