<

 

प्रदीप कुमार दास, रौतहट भदौ ०२ गते,शनिबार ।

रौतहटको गढीमाई नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा IFES सहकार्यमा ‘ शी लिड्स : महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको उदघाटन तथा समापन सत्रमा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो ।

२०२२ को जनवरी-फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ , यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताए ।

यस कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।

महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधिहरुले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै पत्रकार , माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0