<

गाैर,बैशाख ७ गते

रौतहट जिल्लामा संचालनमा रहको आरम्भ परियोजना अन्र्तगत कार्यशाला मंगलवार देखि सुरु भइ आज सम्पन भएको छ । गैरमा रहेको होटेल सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिनको कार्यशाला २०८० बैसाख ५ गते देखि सुरु भइ ७ गते सम्पन भएको छ । कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, सथानीय सरकारले पाउने अनुदान, योजना छनौट गर्ने प्रक्रिया र छनौट भएको योजना लाइ प्राथिमिकिकरण गर्ने आधारहरुको बारेमा प्रस्तुति गर्दै शिक्षा अधिकृत अरविन्द कुमार साहले तेस्रो चरणको योजना प्रक्रिया ९बस्ति स्तरको योजना तर्जुमा ० मा स्थानीय नागरिक समाज, सामाजिक अगुवा,महिला, बालबालिका,अपांगता भएको व्यक्ति, बिधालय,आमा समुह, तथा गैर सकारी संस्थाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनु पर्ने तथा स्थानीय आवश्यकताको आधारमा योजना छनौटमा सबैको भूमिका हुनु पर्छ साथै बालिका शिक्षा प्रबर्धन तथा हानिकारक सामाजिक मूल्यमान्यता न्यूनीकरण गर्न आवश्यक क्रियाकलापको बारेमा छलफनल भएको थियो शिक्षा,स्वास्थ्य,जिविकोपार्जन,बालविवाह लगायतको क्षेत्रमा काम गर्द आएको गैर सरकारी संस्था आसमान नेपालले आरम्भ परियोजना अन्तरगत शिक्षाबाट बञ्चित रहेका १० दखि १९ बर्षको विवाहित तथा अविवाहित किशोरीहरुलाइ शिक्षामा पहुँच पुयाउने तथा शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको परियोजनाका शिक्षा अधिकृत साहले बताउनु भयो । पहिलो बर्षमा आरम्भ परियोजना रौतहटको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा कार्यक्रम संचालन गरेको थियो ।

दोस्रो बर्षमा कटहरिया र मौलापुर नगरपालिकामा संचालन भएको कार्यक्रम तेस्रो बर्षमा राजपुर र माधवनारायण नगरपालिकामा संचालन भएको थियो । भने चौथौ बर्षमा गरुडा,गढीमाइ,परोहा र बौद्धीमाइ नगरपालिकामा संचालनमा रहेको छ । एफसिडिओको आर्थिक सहयोग पिपुल इन निड,समाजिका संस्था जिल्ला समन्वय समिती, आसमान नेपाल तथा सम्बन्धित पालिकाको सहकार्यमा रौतहटमा संचालन रहेको आरमभ परियोजनाले ४ वटा प्रतिफलमा कार्यक्रम गर्दै आएको छ प्रतिफल १ विद्यालय छोडेका किशोरीहरुको साक्षरता र गणित कक्षाको सुधारात्मक हाजिरी। प्रतिफल २ विद्यालय छोडेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने एवमं भविष्यका लागि योजना बनाउने। प्रतिफल ३ विद्यार्थीका लागि विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुका लागि भावी योजना बनाउनका लागि सहयोग गर्ने। प्रतिफल ४ उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकरात्मक समाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने रहेको थियो । गरुडा वडा नम्बर १ का चेंज च्याम्पियन शेख साविर हुसैनले आरम्भ परियोजनाको सराहना गर्दै शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरुलाइ किशोरी सिकाइ केन्द्रमा सहभागी गराउन लागि परेको बताए । अगामी दिनहरुमा पनि किशोरीहरुलाइ शिक्षामा पहुँच पु¥याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै कुनै पनि बालबालिकालाइ शिक्षाबाट बञ्चित हुन न दिने बताए । यस्तै कार्यक्रममा सहभागी बौद्धिमाइ नगरपालिका का महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमेश कुमार रजकले आरम्भ परियोजनाले गाउँ घरमा धेरै परिवर्तन गर्न सफल भएको धारणा राख्दै रजकले आफ्नो अनुभव सुनाउदै २० वर्ष भन्दा मुनीको बालबाालिकाहरुको हुने बालविवाह रोक्नमा आफु पनि लागि परेको बताए । रजकले आफ्नै भतिजीको १८ वर्षको उमेरमा हुन लागेको विवाह रोक्न सफल भएको बताए । अगामी दिनहरुमा पनि यस्तै सक्रियताका साथ लागि रहने प्रतिबद्धता गर्नु भएको छ । गरुडा नगरपालिका महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमुख अस्मिता यादबले आरम्भ परयोजना एकदम प्रभावकारी रहेको बताए । समाजका विपन्न दलित पिछिडिएका समुदायका शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरु शिक्षामा पहुँच गराएर मुलधारमा ल्याउन सफल भएके बताउदै यस्ता कार्यक्रमलाइ नगरपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । परोहा नगरपालिकाका महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका आयसा हसनले आफ्नो पालिकाको वडामा बालविवाह रोक्न सफल भएको अनुभव सुनाउदै आरम्भ परयोजनाले जुन तरिका समाजमा प्रभाव पारेको छ यसले निरन्तरता पायो भने अझै धेरै सुधार हुदै जाने बताए । हामीले हमेसा बालविाह,लैंिगक हिंसा,दाइजो प्रथा सहति गाउँघरमा विद्यमान रहेका कुरितीहरुलाइ न्युनिकरण गदैै शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरुलाइ विद्यालय सम्म पु¥याउन अहम भुमिका खेल्ने बताए । कार्यक्रमको प्रस्तुतिको क्रममा १४१८ किशोरी माध्ये १०७१ जना किशोरीहरु बिधालय भर्ना गर्ने लक्ष्य लिएको साथै बिधालय भर्ना हुन नसकेको किशोरीहरुलाई बिभिन्न किसिमको व्यवसायिक तालिम दिने शिक्षा अधिकृत साहले बताउनु भएको थियो कार्यक्रममा खास गरि हाम्रो समुदायमा रहेको हानिकारक सामाजिक मुल्य मान्यता जस्त्तै बाल बिवाह,दाइजो प्रथा,लिंगको आधारमा बिभिन्न किसिमको हिंसा लाइ न्यूनीकरण गर्न क्रियाकला छनौट गरि न्युनिकरणको लागि रणनीतिक योजना तयारी भएको र सोहि अनुसार अगाडी बढ्ने बाल संरक्षण संयोजक सपना सेन्चुरीले बताउनु भयो कार्यक्रममा निलु झाले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रमा परोहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष,गरुडा महिला सेलका फुलमाया गुरौ,गरुडा,बौधिमाई र परोहा नगरपालिकाका महिला बालबालिका शाखा प्रमुखहरु सममिक धार्मिक अगुवा,पत्रकार लगाएत आसमान नेपाल संस्थाको क्रमचारिको उपस्थिति रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0