<

 

काठमाडौं, ३१ साउन ।

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । मंगलबार मध्यरातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो ।

इन्धनको मूल्य बढेसँगै बुधबार दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो ।

 

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0