<

 

वार्सा, ३० साउन ।

युरोपको पूर्वी भागमा तनाव कम हुन सकेको छैन । अब बेलारुस र पोल्याण्ड बीच द्वन्द्वको खतरा छ। सीमा क्षेत्रमा दुई देशबीच तनाव बढेको छ ।

 

यसैबीच, पोल्याण्डले रूसी भाडाको सैन्य समुह वाग्नर समूहको प्रचार प्रसार गर्ने दुई रुसीलाई पक्राउ गरेको समाचार छ।

 

पोल्याण्डका मन्त्री मारियस कामिन्स्की यसबारे जानकारी दिएका छन्। पत्रकारसँगको कुराकानीमा उनले प्रहरी र देशको आन्तरिक सुरक्षा निकायले जासुसी र अन्य आरोपमा दुई जना रूसीलाई हिरासतमा लिएको बताए । उनले भने कि, पक्राउ परेका दुई संदिग्धहरूले वार्सा र क्राकोमा वाग्नर समूहको प्रचार सामग्री वितरण गरिरहेका थिए। घटनाबारे ट्वीट गर्दै उनले दुवैलाई जासुसीको आरोपमा पक्राउ गरिएको बताए ।

 

स्मरण रहोस, गत जुनमा येभगेनी प्रिगोजिनद्वारा असफल विद्रोह प्रयास पछि वाग्नर समूहका लडाकुहरू बेलारुसमा शिविरमा छन्। यस्तो अवस्थामा रुस र बेलारुससँग पोल्याण्डको तनाव बढेको छ । रुसको विद्रोहपछि अब वाग्नरका लडाकुहरू बेलारुस पुगेका छन् र उनीहरू आफ्नो सीमाभित्र पस्न सक्ने चेतावनी पोल्याण्डले दिएको थियो ।

 

यति मात्र होइन, पोल्याण्डसँगै लिथुआनियाले रुस र बेलारुसले पनि उत्तेजक कारबाही गरिरहेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0