<

 

अदिस अब्बा, ३० साउन ।

इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त जारी छ।

 

यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ। विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

 

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मी र समूहबीच जारी भिडन्तका कारण विष्फोट हुनुअघि १६० जनाको उपचार भइसकेको छ ।

 

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडाइँ भएको थियो ।

 

इथियोपिया मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। दुई समूहबीच केही समयदेखि तनाव जारी छ ।

 

अगस्ट ३ मा इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गर्‍यो, जुन मिलिशियाहरूले देशमा राष्ट्रिय संकट निम्त्याउन सक्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0