<

 

वासिंगटन डिसी, २९ साउन ।

चीन र ताइवानबीचको लडाइँ कसैबाट लुकेको छैन। भारत र अमेरिका पनि ताइवानको पक्षमा छन् ।

 

सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाइले अमेरिका भ्रमण गरे पछि  चीन आक्रोशित भएको छ । उपराष्ट्रपति लाइको उक्त भ्रमणको चीनले निन्दा गरेको छ ।

चीनले विलियम लाइको सप्ताहन्तमा अमेरिकाको भ्रमणमा दृढ र ससक्त कदम चाल्ने चेतावनी दिएको छ । चीनले उपराष्ट्रपतिको भ्रमणलाई नजिकबाट नियालिरहेकोसमेत जनाएको छ ।

 

उपराष्ट्रपति लाइ पाराग्वे जाने क्रममा अमेरिकाको बाटो रोजेका हुन । ताइवानी उपराष्ट्रपति लाइ पराग्बेमा अगस्ट १५ मा सान्टियागो पेनाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमको साक्षी हुनेछन्। सोही क्रममा ताइवनका उपराष्ट्रपति लाइ गत शनिबार न्यूयोर्क पुगेका थिए। दक्षिण अमेरिकामा ताइवानको एक मात्र सहयोगी पाराग्वे हो।

 

चीनले ताइवानका उपराष्ट्रपतिको भ्रमणबाट उत्पन्न हुने हरेक अवस्थाको विकासलाई नजिकबाट नियालिरहेको छ र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ र दृढतापूर्वक कदम चाल्ने जनाएको छ । लाइ ताइवानका राष्ट्रपति साई इंग वेन भन्दा स्वतन्त्रताको बारेमा धेरै मुखर छन्, जसलाई बेइजिङले पहिले देखी नै घोर शत्रुताको रुपमा ब्याख्या गर्दै आएको छ । किन पनि भने, उनले ताइवानलाई चीनको हिस्साको रूपमा स्वीकार गर्न अस्वीकार मात्रै होइन, कडा प्रतिबादसमेत गर्दै आएको छ ।

समाचार अनुसार अनुसार चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले ताइवानलाई आफ्नो भूभागको हिस्सा भएको दाबी गर्दै आएको छ र त  कहिल्यै नियन्त्रण नभएको र स्वशासित टापु कब्जा गर्न बल प्रयोग गर्न भने छोडेको छैन। लाइको अमेरिका भ्रमणको केही समयपछि चीनको विदेश मन्त्रालयले अमेरिका र ताइवानबीच हुने कुनै पनि आधिकारिक वार्ताको कडा विरोध गरेको बताएको छ।

समाचार अनुसार अमेरिकाको भ्रमणलाई ताइवानी अधिकारीहरूले भ्रमणको सट्टा ‘ट्रान्जिट’ भनेर उल्लेख गरेका छन् किनभने अमेरिकाको ताइवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन । उनीहरुले पराग्वे जानका लागि अमेरिकाबाहेक अर्को बाटो नभएको जनाउँदै आएका छन् । यद्धपी, चीनले भने अमेरिकासँग बार्ता र सम्बादलाई लिएर कडा आलोचना मात्रै गरेको छैन, त्यसलाई नजिकवाट नियालीरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0