<

 

काठमाडाै‌ं, २८ साउन ।

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । सिरहाकाे बरियारपट्टी गाउँपालिका-४ तेनुवाट्टी बस्ने ६५ वर्षीय फुदन पासवानलाई अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध गाँजाको ओसारपसार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित प्रतिक्षालयबाट अवैध लागूऔषध गाँजा करिब ७ सय २० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१४ खाल्टे बस्ने २२ वर्षीय विक्रम न्यौपाने र स्याङजा पुतलीबजार नगरपालिका-१३ लामपाटा बस्ने २२ वर्षीय सुलभ परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सार्वजनिक प्रतिक्षालयमा बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

मकवानपुरकाे मनहरी गाउँपालिका-५ दरदरा बस्ने ३६ वर्षीय राम सिंह वाईबालाई अवैध लागूऔषध गाँजाको धुलो करिब १ किलो र नाइट्राभेट १ सय ५० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ । रामको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनको घरको कोठा तलासी गर्दा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

 

कैलालीकाे गोदावरी नगरपालिका-८ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३ सय ४० मिलीग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-१ बस्ने २३ वर्षीय रिजन कुमार बुढा र  सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय चेतन पौडेल रहेका छन् । प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले सु.प प्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

झापाकाे दमक नगरपालिका-२ भाङबारीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम, डिजिटल तराजु थान १, मोवाईल ३ थान र नगद १ लाख २३ हजार ९ सय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय पुजन दुलाल र सोही नगरपालिका-७ छितिज टोल बस्ने २१ वर्षीय सचिन मगर रहेका छन् ।  दुलालले घरमा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0