<

 

दोलखा, २३ साउन ।

बसको ठक्करबाट दोलखामा मोटरसाइकल चालकको ज्यान गएको छ। भीमेश्वर नगरपालिका-३ का २३ वर्षीय विश्वराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा ठोक्किएका थिए।
दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

घटना लगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0