<

 

धनगढी, २३ साउन ।

कैलालीको चौमाला नजिकमा दुर्घटना भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा दुर्घटना भएको हो।

 

कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको  भे १ ज १३२१ नम्बरको ह्वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर ठोकिएका हुन्। पूर्व–पश्चिम राजमार्गको गोप्कामा टिपर र ह्वीङगर आपसमा ठोकिएदा नौ जना घाइते भएका छन्।

चालकहरुलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ। घाइते भएका नौ जनाको बडिमालीका  पोलिक्लिनिक चौमालामा उपचार हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0