२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

कटहरिया प्रिमियिर लिगको फाइनलमा गरुडा विजयी

 

 

आरके श्रीवास्तव,गरुडा, चैत २७ गते ।

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जारी रहेको कटहरिया प्रिमियर लिगमा गरुडाले कब्जा जमाएको छ । आज गरुडा र कटहरिया बिचको फाईनल खेलमा गरुडा टिम बिजयी भएको छ । बौद्धीमाइ क्रिकेट कल्ब कटहरियामा चैत ११ गते देखि सुरु भएको कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्ट २०७९ को फाईनल खेल खेलिएको थियो । सोमबार भएको फाईनल खेलमा कटहरियाको हार व्यहोरेको छ । कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्टको सबै खेलमा कटहरिया टिमले जित हात पारदै आएको थियो तर आज भएको फाईनलमा गरुडा सँग पराजित हुन पुगेको छ । गरुडाको टिमले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ बिकेट गुमाई १ सय ६८ रनको योगफल तयार पार्न सफल भएको थियो । जवाफी ब्याटिंगमा उत्रेको कटहरिया टिमले १९ ओभरमा ९९ रन बनाई अल आउट भइ पराजित भएको हो । सो खेलका विजेतालाई आम जनता पार्टीका अध्यक्ष एवम्् सांसद प्रभु साहले विजेता टिमलाइ नगद,कप र प्रमाणपत्र हस्तान्तरण गर्नु भयो । उप–विजेता रहेका कटहरिया टिमलाई पूर्व प्रदेश संसद कुन्दन कुशवाहाले रनर कप हस्तान्तरण गर्नु भयो । विजेता टिमलाइ ३१ हजार नगद प्रदान गरिएको थियो भने उप विजेता टिमलाइ २१ हजार नगद प्रदान गरिएको आयोजकले जनाएको हो । सो अवसरमा मौलापुर नपाकी मेयर रिना कुमारी साह,कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।