२०८२ मंसिर १
२०८२ मंसिर १

२४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

 

काठमाडौं, ४ वैशाख ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि साेमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ २ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी साउन २ गते परिपक्व हुनेछ ।

१८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज ३० परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिन अर्थात एक वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेतसहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था पनि छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।