आरके श्रीवास्तव,राैतहट,असोज ५ गते ।
मधेस प्रदेश सांसद पदका प्रत्यासी मोहमद सेराजले स्थानीय तहमा विद्यमान दलिय व्यवस्थालाई हटाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले सेवा, विकास र जनउत्तरदायित्वमा आधारित शासन प्रणाली स्थापना गर्न स्थानीय सरकारलाई दलिय प्रभावमुक्त बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । “अब पार्टीको होइन, व्यक्तिको सोच, इमान्दारी र क्षमताले नेतृत्व चयन हुने वातावरण निर्माण गर्नुपर्छ,” सेराजले सामाजिक सञ्जालमार्फत जनसमुदायलाई सम्बोधन गर्दै भने, “स्थानीय तहमा नेतृत्व जनताकै घरबाट उठ्ने भएकाले राजनीतिक पार्टीको भागबण्डा होइन, जनताको सेवा गर्ने सोचको कदर हुनुपर्छ।
” उनको भनाइ अनुसार दलियकरणले स्थानीय शासनमा व्यक्तिगत र समुदायको आवश्यकता भन्दा माथि पार्टीको स्वार्थलाई प्राथमिकता दिइएको छ, जसले सेवा प्रवाहमा बाधा पुर्याइरहेको छ ।
राजनीतिमा छुट्टै पहिचान बनाइरहेका सेराजले अहिलेकाे वर्तमान परिस्थितिलाई मध्यनजर गरि यस्तो किसिमको धारणा सार्वजनिक गरेका छन् ।








