२०८२ मंसिर २४
२०८२ मंसिर २४

साहित्यकार सञ्जय साह मित्रलाई पचास हजार रुपैयाँको अन्तर्राष्ट्रिय पुरस्कार

आरके श्रीवास्तव,राैतहट,कार्तिक २५ गते । 

रौतहटका प्रख्यात साहित्यकार सञ्जय साह मित्रलाई ५० हजार रुपैयाँ राशिको ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ प्रदान गरिने भएको छ । बज्जिका साहित्य समाज सर्लाहीले नवस्थापित उक्त पुरस्कार मित्रलाई दिने निर्णय गरेको हो ।

समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाका अनुसार पुरस्कारका लागि उपयुक्त पात्र छनोट गर्न गठन गरिएको तीन सदस्यीय समितिले मित्रको नाम सिफारिस गरेको थियो । समितिमा अध्यक्ष महतो संयोजक रहँदा सदस्यहरूमा विनिताकुमारी साह र गुडीकुमारी साह रहेका थिए ।

बज्जिका र नेपाली दुवै भाषामा लामो समयदेखि साहित्य सेवा गर्दै आएका मित्रलाई ५० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिने समाजले जनाएको छ । मित्रका बज्जिका र नेपाली भाषामा गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले हिन्दी भाषामा पनि साहित्य सिर्जना गरेका छन् ।

भाषा, साहित्य, संस्कृति, समीक्षा, समालोचना तथा अनुसन्धानका क्षेत्रमा सक्रिय मित्रका कृतिहरू हाइकुदेखि महाकाव्यसम्म रहेका छन् । यसअघि नेपाल सरकारको संस्कृति मन्त्रालयबाट प्रादेशिक प्रतिभा (साहित्य) पुरस्कार र बज्जिका शिरोमणि उपाधि प्राप्त गरिसकेका छन् ।

यसै क्रममा ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी सम्मान’बाट समाजसेवी दीनबन्धु झा, मानव अधिकारकर्मी मुकेशकुमार मिश्र, साहित्यकार सञ्जय महतो राज, विजय यादव निर्बिज, ममता मृदुल, बुद्धवीर लामालगायतलाई सम्मानित गरिने भएको छ ।

भारतका साहित्यकार मणिभूषण प्रसाद सिंह अकेला, सन्तोष चौधरी, हंसलाल साह र हेमा सिंहलाइ पनि सो अवसरमा सम्मान गरिने अध्यक्ष कुशवाहाले जानकारी दिएका छन् ।

सर्लाहीकै विष्णु गाउँपालिकाका सेवा निवृत्त प्रहरी कर्मचारी महानन्द झाले आफ्ना दाजु स्व. सदानन्द झाको स्मृतिमा यो पुरस्कार तथा सम्मान स्थापना गरेका हुन् । पहिलोपटक ठूला राशिको यो अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रम मंसिर ६ गते शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिनेछ ।

कार्यक्रममा नेपाल र भारतका बज्जिका, नेपाली तथा हिन्दी भाषाका अग्रणी साहित्यकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।