२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

सरकारको निर्णयप्रति युवा अभियन्ता अब्दुल सलामको कडा आपत्ति 

अब्दुल सलाम,राैतहट,भदौ २२ गते । 

लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदै आएका युवा अब्दुल सलामले हालै सरकारले सामाजिक सञ्जालमा सरकारका कामकारबाहीबारे प्रत्यक्ष टिप्पणी तथा आलोचना गर्न रोक लगाउने निर्णयको कडा आलोचना गरेका छन्।

उनका अनुसार, सामाजिक सञ्जाल आजको युगमा नागरिकले आफ्ना विचार अभिव्यक्त गर्ने सशक्त माध्यम हो, र यसमा नियन्त्रण लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हो।

लोकतान्त्रिक मुल्य–मान्यतामा विश्वास गर्ने सरकार आफैंले आलोचना सहन नसक्ने हो भने त्यसले निरंकुशताको संकेत दिन्छ, सलामले बताएका छन्।

उनले सरकारको उक्त निर्णयलाई गैरजिम्मेवार र अलोकतान्त्रिक कदम भन्दै खारेज गर्न माग गरेका छन्। साथै, यस्तो निर्णयले सरकारप्रति जनताको विश्वास थप कमजोर हुने चेतावनी पनि दिएका छन्।

सलाम विगत केही वर्षदेखि सामाजिक विकृति–विसंगति विरुद्ध, जनताको हकअधिकारका लागि, तथा राज्यका गलत नीतिहरूको विरोधमा आवाज उठाउने युवा स्वरको रुपमा परिचित छन्।

उनका अनुसार,सञ्चार माध्यम र सामाजिक सञ्जाल कुनै पनि लोकतान्त्रिक मुलुकको मेरुदण्ड हो। यदि त्यसलाई बन्द गर्न खोजिन्छ भने त्यो राष्ट्रको स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिताको अन्त्यतिर उन्मुख हुने संकेत हो।

अब्दुल सलाम जस्ता सचेत र क्रियाशील युवाहरुको आवाजले अहिलेको परिस्थितिमा नागरिक सचेतना र जिम्मेवार शासन प्रणालीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास समाजका धेरै वर्गले व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।