२०८३ असार ११
२०८३ असार ११

सभ्य र समृद्ध परोहा ः १० औँ नगरसभा सम्पन्न, ४९ करोड भन्दा बढीको बजेट सार्वजनिक

आरके श्रीवास्तव,रौतहट,१० गते असार ।

“सभ्य र समृद्ध परोहा ः हाम्रो परोहा, राम्रो परोहा” भन्ने मूल नारासहित परोहा नगरपालिकाको १० औँ नगरसभा आर्थिक वर्ष २०८३÷०८४ का लागि सम्पन्न भएको छ । नगरपालिकाको नव निर्मित भवन, लौकाहामा आयोजित सभामा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो । नगरसभाको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै रोजगार प्रवद्र्धन, नागरिक सशक्तीकरण तथा समग्र विकासलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता रामचन्द्र गिरी रहेका थिए ।

नगरप्रमुख शेष वकिलको अध्यक्षतामा सम्पन्न नगरसभामा उनले आगामी आर्थिक वर्ष २०८३÷०८४ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आफ्नो कार्यकालको यो अन्तिम नगरसभा भएकाले नगरको समग्र हितका लागि अहोरात्र खटेर काम गरेको बताए । नगरप्रमुख वकिलले शिक्षा, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै नगरभित्र हाल ६ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको, नगर शिक्षक भर्ना गरिएको तथा पालिकालाई पूर्ण साक्षर बनाउन विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिने तथा नगरका सबै क्षेत्रमा सडक पहुँच विस्तार गरिने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, आफ्नो कार्यकाल विवादरहित र जनतासँगको सम्बन्ध सुदृढ रहेको दाबी गरे ।

नगरसभामा प्रस्तुत बजेट वक्तव्यअनुसार आर्थिक वर्ष २०८३÷०८४ का लागि परोहा नगरपालिकाले ४९ करोड ६८ लाख ९७ हजार ४ सय ४४ रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । नगरसभामा उपप्रमुख सुगन्धी गिरी, सबै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, नगर प्रहरी, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेटले शिक्षा, रोजगारी, नागरिक सशक्तीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समृद्ध परोहा निर्माणको लक्ष्य अघि सारेको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।