२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

श्री मावि शितलपुरमा विद्यार्थी भर्ना अभियान कार्यक्रम

 

आरके श्रीवास्तव,गरुडा,वैशाख ०६ गते

सरकारले आईतवार देखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । त्यही क्रममा रौतहटको फतुवा बिजयपुर नगरपालिकामा विद्यालय बाहिर रहेका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन उदेश्यका साथ भर्ना अभियान सुरु गरेको हो ।

सो नगरपालिकाको वडा नम्बर २ स्थित श्री माध्यमिक बिधालय सितलपुरमा नयाँ भर्ना अभियान सुर गरेका छन् । शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान ’ भन्ने मुल नाराका साथ भर्ना अभियान अगाडि बढाएको प्रधानाध्यापक बुनिलाल यादवले बताएका छन । वि.स. २०८० वैशाख २ देखि १४ गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिने जानकारी दिए ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । अभियानअन्तर्गत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधारलगायत कार्यक्रम समावेश छन् । सो भर्ना अभियान कार्यक्रममा प्रअ यादव सँगै शिक्षक रामबालक पटेल लगायत शिक्षक,शिक्षिका,बिधार्थीहरुको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।