२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

विद्युत् लाइनमा बटारिएको तार र ढलेका पोल देखे तुरुन्त खबर गर्न माैलापुर वितरण केन्द्रकाे आग्रह

आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते । 

हाल भइरहेको अबिरल वर्षा तथा हावाहुरीका कारण विद्युत् लाइनसँग सम्बन्धित जोखिमहरू बढिरहेका छन् । लगातारको खराब मौसमका कारण कतिपय स्थानमा लाइन नजिकका रुखका हाँगा तथा बाँसहरू विद्युत् तारमा छोइएको, पोल ढलेको वा लाइनका तारहरू आपसमा बटारिएको देखिएको जानकारी आएको छ । यस्तो अवस्थामा दुर्घटनाको उच्च सम्भावना हुने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रका प्रमुख ई.दिनेश यादवले विद्युत् लाइनमा समस्या देखिएमा नजिक जान नहुने, बालबालिकालाई त्यस्ता स्थानबाट टाढा राख्ने र तुरुन्तै सम्बन्धित शाखा वा सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरेका छन् ।

 

उनले भने विद्युत् लाइनमा समस्या देखिएमा सम्पर्क गर्न सकिने नम्बरहरू मौलापुर सव-स्टेसन: 9855044429 , मौलापुर फ्यूज सेवा: 9862086648,बंकुल फ्यूज सेवा: 986527770 / 9845702475,कटहरिया फ्यूज सेवा: 9860412319,विजयपुर फ्यूज सेवा: 9845496096 / 9767727169 र मौलापुर मर्मत शाखा: 9855043687 रहेका छन् ।

 

त्यसका साथै, आवश्यक परेमा नजिकको प्रहरी कार्यालयमा पनि तुरुन्त जानकारी गराउन सकिने व्यवस्था गरिएको छ ।

 

विद्युत् कार्यालयले जनताको सुरक्षा सुनिश्चित गर्नका लागि आवश्यक मर्मत तथा सेवाका कामहरू तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।