२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

लोसपा नेपालको गाैरवपूर्ण चौथो वर्ष 

काठमाडौं, भदौ ०९ । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आज भदौ ०९ गते देशभर विभिन्न कार्यक्रमका साथ आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा मनाउँदै छ । लोकतान्त्रिक मूल्य, संघीयता, सामाजिक न्याय र समावेशी लोकतन्त्रका पक्षमा निरन्तर संघर्षरत यो पार्टीले विगत चार वर्षमा जनहितमा खेलेको अग्रगामी भूमिकाको समीक्षा गर्दै, आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने संकल्प व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई शुभकामना दिँदै भन्नुभयो:

“लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतन्त्रको मजबुती, संघीयताको संस्थागत विकास, सामाजिक न्याय र समानताको लागि प्रतिबद्ध छ । विगत चार वर्षमा पार्टीले राजनीतिक स्थायित्व र जनताका अधिकार सुनिश्चित गर्न खेलेको भूमिकाले नयाँ आशा र भरोसा जगाएको छ । आगामी दिनहरूमा हामी अझ एकताबद्ध, योजनाबद्ध र विचारशील ढंगले जनताको सेवामा समर्पित हुनेछौं।”

यसै गरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै भन्नुभयो:

“लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनताको अधिकार, रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षाको विस्तार र समानताको आधारमा समाज निर्माण गर्ने दिशामा उल्लेखनीय कार्य गर्दै आएको छ । पार्टीको चौथो वार्षिकोत्सव हामी सबैका लागि उत्साह, प्रतिबद्धता र प्रेरणाको स्रोत हो । हामी लोकतान्त्रिक मूल्य र जनहितका पक्षमा अझ सशक्त रूपमा अघि बढ्नेछौं।”

वार्षिकोत्सवको अवसरमा केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न स्थानमा शुभकामना आदान–प्रदान, रक्तदान, वृक्षरोपण तथा राजनीतिक गोष्ठीसमेत सञ्चालन गरिएको जानकारी प्राप्त भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल २०७८ साल भदौ ०९ गते मा गठन भएको हो । पार्टीले मधेस, आदिवासी जनजाति, मुस्लिम, महिला, दलित लगायत सबै उत्पीडित समुदायको हक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।