बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १६ गते ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका–४ ईनरवारीमा सोमबार बिहान सिचाईंको क्रममा करेन्ट लाग्दा एक स्थानीय कृषकको मृत्यु भएको छ । मृतक ४५ वर्षीय अजय नारायण मिश्रलाई खेतमा पानी सिंचाइ गर्न प्रयोग गरिएको कृषि मोटरबाट करेन्ट लागेको हो ।
घटनापछि उनलाई तत्काल उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो,उपचारकै क्रममा उनकाे मृत्यु भएको हाे । स्थानीय प्रशासनका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाह भइ रहेको मोटर बाट करेन्ट लागेको पुष्टि भएको छ ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । अत्यधिक दुःखद घटना मधेश प्रदेशका किसानहरू वर्षा नहुँदा र भरपर्दो सिचाईं प्रणालीको अभावमा आफ्नै जीवन जोखिममा राखेर खेती गर्न बाध्य छन् ।
यस्तो अवस्थाले गर्दा हरेक वर्ष केही किसानले ज्यान गुमाउनु परिरहेको छ । मृतक मिश्र पनि आफ्नै खेतमा पानी लगाउने प्रयासमा थिए । स्थानीय किसान र समाजिक अगुवाहरुले राज्यबाट तत्काल सिचाईं व्यवस्थामा सुधार गर्न माग गरेका छन् ।
श्रद्धाञ्जली जसपा नेपालका जिल्ला अध्यक्ष राजिव रंजन यादवले मृत आत्माको चिरशान्तिको कामना गर्दै स्थानीय बासिन्दाहरूले परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।








