२०८२ फाल्गुन २२
२०८२ फाल्गुन २२

रौतहटमा भएको मोटर साईकल दुर्घटनामा विद्युत कर्मचारीको ज्यान गयो

 

रौतहट,१ जेठ ।

गएराती भएको मोटर साईकल दुर्घटनामा एकजना विद्युत कर्मचारीको ज्यान गएको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा कार्यरत रहेका ४१ बर्षका गोपाल कुमार यादवको राती ९ बजेको समयमा चन्द्रनिगाहपुरबाट सर्लाही स्थित घर जाने क्रममा पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर –बागमती सडक खण्डको लच्का नजिकै मोटर साईकल र ट्रेक्टर ठोक्कीदा ज्यान गएको हो ।

पश्चिमबाट पुर्व जादै गरेको प्रदेश २०३०२० प २१९४ नम्बरको मोटर साईकल पुर्वबाट पश्चिम तिर आँउदै गरेको ना २ त २९८३ नम्बरको ट्रेक्टरमा ठक्कर लागेको थियो । मृतक यादवको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा रहेको र ठक्कर दिने ट्रेक्टरका चालक र ट्रेक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

रातीको हावाहुरी र बर्षाका बेला दुर्घटना भएको थियो । मृतक यादव नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा मिटर रिडर पदमा कार्यरत रहेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।