२०८२ मंसिर १
२०८२ मंसिर १

रौतहटमा कुटपिटबाट युवकको मृत्यु, एकजना पक्राउ

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १५ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ मा कुटपिटको घटनामा एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका अनुसार, साउन १ गते मोबाइल चोरीको आशंकामा स्थानीय केही व्यक्तिहरूद्वारा कुटपिटमा परेका ३० वर्षीय नसिब बैँठाको भदौ ११ गते उपचारका क्रममा ज्यान गएको हो । गम्भीर घाइते भएका बैँठालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो भने पछि थप उपचारका लागि उनलाई बिरगन्जस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककी आमा सुनैना देवी बैँठाले दिएको जाहेरीका आधारमा घटनामा संलग्नमध्ये एक जना, गर्भुदयाल सरभङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिए । डिएसपी कार्कीका अनुसार घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशंका छ र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।