हनुमत यादव,गाैर,कार्तिक २५ गते ।
नेकपा एमाले द्वारा पुर्व निर्धारित कार्यक्रमअनुसार गौर नगर कमिटीद्वारा आयोजित पालिका स्तरीय बृहत जनप्रदर्शन कार्यक्रम गौरमा भव्य तथा सभ्य ढंगले सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता, के. स. रेखा झा, र पालिका इन्चार्ज श्याम सुन्दर पटेल सहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा जनप्रदर्शन सम्पन्न भएको हो ।
जनप्रदर्शनमा सहभागीहरूले पार्टीको नीतिगत अडान र संगठन सुदृढीकरणका सन्देशहरू जनतालाई सुनाएका थिए । कार्यक्रमलाई अनुशासित र उत्साहजनक बनाउनेतर्फ स्थानीय कार्यकर्ताहरू सक्रिय देखिएका थिए ।
एमाले गौर नगर कमिटीका अनुसार यस जनप्रदर्शनले स्थानीय स्तरमा पार्टीको एकता र जनसमर्थनलाई थप सुदृढ बनाएको छ ।








