२०८२ मंसिर २४
२०८२ मंसिर २४

रौतहटका सोनु कुशवाहा GENZ 2.0 का जिल्ला संयोजक नियुक्त

आरके श्रीवास्तव,राैतहट,०४ गते मंसिर ।

रौतहट — युवा नेतृत्व र सुशासनको अभियानमा सक्रिय रहेको GENZ 2.0 ले रौतहट जिल्लामा आफ्नो संगठन विस्तारको क्रममा सोनु कुशवाहालाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

केन्द्रिय सचिव कुन्दन कुशवाहा, मधेश प्रदेश संयोजक रमेश कुमार साह, सह–संयोजक श्रवण कुमार साह, तथा केन्द्रीय प्रवक्ता अविन लिम्बुले संयुक्त रूपमा जारी गरेको पत्रमार्फत कुशवाहालाई औपचारिक रूपमा नियुक्त गरिएको हो ।

संस्थाले जारी गरेको सूचनामा उल्लेख छ कि आजदेखि रौतहट जिल्लाभित्रका सबै कार्यक्रम, समन्वय तथा संगठनात्मक गतिविधिहरूको नेतृत्व कुशवाहाले गर्नेछन् । संगठनले उनको सक्रियता, युवा उर्जा र नेतृत्व क्षमताले जिल्लाभित्र GENZ 2.0 को अभियानलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ ।

“न्याय, सुशासन र समृद्धि”लाई मूल ध्येय बनाएको GENZ 2.0 हाल देशभर संगठन विस्तार र सुदृढीकरण अभियानमा जुटिरहेको छ ।

सङ्गठनका अनुसार, रौतहटमा अब विभिन्न कार्यक्रम, युवा परिचालन, राजनीतिक सचेतना तथा सामाजिक पहलहरूलाई नयाँ गति दिने तयारी भइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।