२०८२ मंसिर १
२०८२ मंसिर १

राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा जापानबाट आएका प्रशिक्षकद्धारा पारा पौडी खेलाडीलाई प्रशिक्षण

काठमाडौः

राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का प्रशिक्षकद्धय  मासातो सकाई,  यामानो र नेपाली प्रशिक्षक हरुले पारा खेलाडीहरुलाई प्रशिक्षण दिएका छन् । भदौ ०६ गते देखि १० गते सम्म संचालन हुने उक्त प्रशिक्षणमा सहभागी हुन पाएकोमा पारा खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । नेपालमा नै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण लिन पाउनु एउटा सुनौलो अवसर भएको एक प्रशिक्षार्थीले बताए ।

 


यस प्रशिक्षणले पारा पौडी खेलाडीहरुलाई उर्जा दिनुको साथै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने पारा पौडी प्रतियोगितामा प्रतिष्पर्धा गर्न सहज हुने र यो प्रशिक्षणले उक्त प्रतियोगितामा आफ्‌ना खेलाडीहरुले राम्रो नतिजा ल्याउने विश्वास लिएको संस्थाका अध्यक्ष सरोज श्रेष्ठले बताए । जापानबाट आएका प्रशिक्षकहरु  मासातो सकाई र  यामानो तथा उनको समुहलाई नेपालको पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, विश्व सम्पदा सूचिमा सुचिकृत स्थलहरुको भ्रमण गराइने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


जापानबाट आएका प्रशिक्षक सहितको प्रतिनिधिमण्डलले राष्ट्रिय प्यारालिम्पिक समिति कि अध्यक्ष राधा घलेसँग सौहाद्रपूर्ण भेटघाट गरेको छ । यो भेटले खेलकुदको माध्यमबाट उज्ज्वल भविष्य सिर्जना गर्न द्धिपक्षीय सहकार्य हुने अध्यक्ष राधा घललेले बताइन् ।

 

नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता हुने अवसरहरुको खोजी गरी सवै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शाररीक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउने उदेश्यले “राष्ट्रिय पारा पौडी संघ नेपाल” नामक गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौ तथा  राष्ट्रिय खेलकुद परिषद्मा पनि दर्ता भएको संस्था हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।