२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

मौलापुर सबस्टेसनमा ट्रान्सफर्मरको तेल लिक, विद्युत आपूर्ति बन्द

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज ११ गते । 

राैतहटकाे मौलापुर वितरण केन्द्र अन्तर्गतको मौलापुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मरको एचटी बुस बाट तेल लिक भएको कारण विद्युत आपूर्ति प्रभावित भएको छ ।

नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका अनुसार समस्या देखिएसँगै ट्रान्सफर्मर मर्मत कार्य तुरुन्तै सुरु गरिएको छ । मर्मत सम्पन्न नहुँदासम्मका लागि सम्बन्धित क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिनुपरेको प्राधिकरणले जनाएको छ ।

विद्युत आपूर्ति बन्द हुँदा ग्राहक वर्गलाई असुविधा भएकोमा केन्द्रले क्षमायाचना गर्दै आवश्यक प्राविधिक सुधार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि यथासिघ्र सेवा पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।