बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज ११ गते ।
राैतहटकाे मौलापुर वितरण केन्द्रअन्तर्गतको ११ केभी मौलापुर फिडरमा आवश्यक मर्मत तथा लाइन सफा गर्ने कार्यका कारण आज शनिबार विद्युत आपूर्ति आंशिक वा पूर्ण रूपमा बन्द हुने भएको छ ।
कार्यालय प्रमुख ई. दिनेश यादवका अनुसार, फिडरमा फुटेको पिन डिस्कको बदली तथा लाइनमा छुन लागेको हाँगाबिँगा काट्नुपर्ने भएकाले बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिनुभयो ।
“उक्त समयमा फिडर अन्तर्गतका केही क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुने भएकाले उपभोक्ताहरूले वैकल्पिक व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछौं,” ई. यादवले बताउनुभयो ।
मौलापुर वितरण केन्द्रले यस मर्मत कार्यका क्रममा सेवामा पर्न सक्ने असुविधाप्रति ग्राहक वर्गसँग क्षमा याचना गरेको छ । नेपाल बिधुत प्राधिकरण माैलापुर वितरणले सामाजिक संजाल मार्फत पनि ग्राहक वर्गलाई जानकारी गराएको छ ।








