अशोक यादव,रौतहट,०३ गते वैशाख ।
रौतहटकोमौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापित हुनुभएका सुरेश बाबु घिमिरेलाई बिहीबार एक कार्यक्रमबीच हार्दिक स्वागत गरिएको छ । कार्यक्रममा नगरप्रमुख रिना साहले घिमिरेको कार्यकाल सफल, प्रभावकारी र जनमुखी रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
नगरप्रमुख साहले मौलापुरको समृद्धि, सुशासन र विकासलाई थप गति दिन घिमिरेको नेतृत्व महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । उक्त अवसरमा यसअघिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यकालले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका थिए ।







