२०८२ मंसिर २४
२०८२ मंसिर २४

मधेसका मुख्यमन्त्री सरोज यादवको बर्खास्ती माग गर्दै गरुडामा ७ दलिय गठबन्धनको विरोध

आरके श्रीवास्तव,राैतहट,कार्तिक २९ गते । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले होटेलमा असंबैधानिक रूपमा सपथ लिएको आरोप लगाउँदै शनिबार रौतहटको गरुडा बजारमा ७ दलिय गठबन्धनले विरोध प्रदर्शन गरेको छ । विरोधको जानकारी लोसपा नेपालका मधेश प्रदेश सचिव ओमलोक पटेलले दिनुभयो ।

विरोध कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता व्रिजकिशोर यादव, रामभरोस यादव, लोसपा नेपालका नेता बाबुलाल साह, अनिल सिंह,रामप्रवेश दास, लोसपा रौतहटका अध्यक्ष भरत साह, नेता रेवन्त झा,जसपा नेपालका नेता राजकुमार दास  सहित ७ दलिय गठबन्धनका सयौँ नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।

 

वक्ताहरूले मुख्यमन्त्री सरोज यादवले संवैधानिक मार्गबाट विचलित हुँदै होटलमा सपथ लिएको भन्दै कडा विरोध व्यक्त गरे । उनीहरूको भनाइमा यस्तो कदमले प्रदेशमा राजनीतिक अनिश्चितता र अस्थिरता बढाउने तथा लोकतान्त्रिक परम्परा कमजोर पार्ने खतरा छ ।

 

लोसपा नेपालका मधेश प्रदेश सचिव ओमलोक पटेलले भने,
“मुख्यमन्त्रीले होटलमा बसेर सपथ लिनु पूर्ण रूपमा असंबैधानिक, अमर्यादित र मधेश प्रदेशको प्रतिष्ठामाथिको चोट हो । यस्तो कदमलाई स्वीकार गर्न सकिँदैन। लोकतन्त्र र संविधानको रक्षा गर्न हामी ७ दलिय गठबन्धन सडकमा उत्रिएका छौँ।”

पटेलले मुख्यमन्त्री सरोज यादवको तत्काल बर्खास्ती र प्रदेशमा संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठन गर्न माग गर्दै आन्दोलन अझ व्यापक रूपले निरन्तर चल्ने चेतावनी दिए ।

नेता व्रिजकिशोर यादवले बिना प्रक्रिया सपथ लिनु ‘राजनीतिक नैतिकताको पतन’ भएको बताए ।
रामभरोस यादवले मधेश प्रदेशका नागरिकको अपमान भएको जिकिर गरे ।
बाबुलाल साह,अनिल सिंह र रामप्रवेश दासले लोकतान्त्रिक प्रक्रियाविपरीत चल्ने प्रवृत्तिलाई कुनै हालतमा स्वीकार्न नसकिने बताए ।
लाेसपा नेपाल राैतहट अध्यक्ष भरत साहले ७ दलिय गठबन्धनले वैधानिकता जोगाउन सडक संघर्षमा उत्रिन बाध्य भएको बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।