२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

मधेश प्रदेशका मुख्यमन्त्री ‘सोनल’ले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ

जनकपुरधाम, १९ कार्तिक । 

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न औपचारिक प्रक्रिया अघि बढाएका छन् । यसका लागि मुख्यमन्त्री सोनलले २०७९ सालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।

मुख्यमन्त्री कार्यालय, जनकपुरधामबाट जारी गरिएको पत्रमा मधेश प्रदेशसभा सचिवलाई सम्बोधन गरी पठाइएको उक्त पत्रमा कार्तिक २२ गते विश्वासको मत लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि मिति २०८२।०७।२२ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।”

मुख्यमन्त्री सोनलले उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराउँदा लोसपा प्रदेश सभा संसदीय दलका नेता जैनुल राईन, लोसपा महासचिव परमेंश्वर साह, प्रदेश मुख्य सचिव रामबिनोद चौधरी (पपु) लगायत नेताहरू पनि उपस्थित थिए ।

विश्वासको मतको प्रक्रिया आगामी २२ कार्तिकमा  प्रदेशसभाको बैठकमा हुने भएको छ । यस मतका माध्यमबाट मुख्यमन्त्री सोनलले सभाको विश्वास कायम राख्ने वा नहुने विषय टुंगो लाग्नेछ ।

मुख्यमन्त्री सोनल हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट मधेश प्रदेशको नेतृत्व गर्दै आएका छन् । पाँच दलकाे समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।