२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

ब्राइटन माथी न्युक्यासलको सहज जीत

 

काठमाडौं, ५ जेठ ।

जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ ।

 

शुक्रबार विहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो ।

 

न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्माघाती गोलवाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो । ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले १–० को अग्रता लियो ।

 

यसैगरी, पहिलो हाफको अतिरिक्त समयमा न्युक्यासलका डान ब्रुनले थप  गोल गरेपछि न्युक्यासल २–० ले अघि बढन सफल भयो ।

उता, दोस्रो हाफको ५१ औं मिनेटमा ब्राइटनका उनडभले गोल फर्काए पछि खेल २–१ को स्थीतिमा रहन पुग्यो ।

तर, खेलको ८९ औं मिनेटमा कलुम विल्सनले गोल गरे पछि खेल  ३–१ को स्थीतिसहित सहज रुपमा अघि बढयो । तर, त्यो लामो समयसम्म स्थिर रहन सकेन ब्रुनो रोड्रिगेजले दोस्रो हाफको अतिरिक्त समयमा थप गोल गरेपछि न्युक्यासले ४–१ को सहज जीतसहित तेस्रो स्थानमा कायम रहन सफल भयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।