२०८२ मंसिर १
२०८२ मंसिर १

बडादशैंको अवसरमा लोसपा नेपालद्वारा शुभकामना

काठमाडौं,असोज १० गते । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले हिन्दु धर्मावलम्बीहरुको महान चाडहरु बडादशैं, दीपावली र नेपाल संवत ११४६ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई शुभकामना व्यक्त गरेको छ ।

 

लोसपाको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंबाट जारी शुभकामना सन्देशमा पार्टी अध्यक्ष महन्थ ठाकुरले नवरात्रिको अवसरमा भगवतीको उपासना तथा अध्यात्मिक चिन्तनबाट मानव समाजले नयाँ उर्जा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै दशैंलाई अधर्ममाथि धर्म र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गरेका छन् ।

 

ठाकुरले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, “यो पर्वले मानव भित्र रहने आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्ने शक्तिको प्रादुर्भाव गराउँछ, जसले आपसी भाईचारा, सद्भाव र सहिष्णुताको अभिवृद्धिमा सहयोग पुग्दछ।”

 

यसै सन्दर्भमा हालै जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको प्रति गहिरो दुःख व्यक्त गर्दै उनले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले भने, “हामी अत्यन्त मर्माहत तथा शोकाकुल छौं, तर यो पर्वको अध्यात्मिक शक्ति र भगवतीको कृपाले हामीलाई यस पीडाबाट मुक्त गर्ने विश्वास लिएका छौं।”

 

शुभकामना सन्देशको अन्त्यमा पार्टीले शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दै सबै नेपालीलाई चाडपर्वहरू मनाउन आह्वान गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।