२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

फतुवा बिजयपुर नगरपालिकाद्वारा घरेलु विद्युत महसुलका लागि २ करोड रुपैयाँ बजेट विनियोजन

आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ । 

रौतहटकाे फतुवा बिजयपुर नगरपालिकाले नगरवासीको घरेलु विद्युत महसुल भुक्तानीका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले अघिल्लो वर्ष १ करोड ५० लाख रुपैयाँ छुट्याएकोमा यस वर्षको कार्यपालिकाको निर्णयबाट उक्त रकम बढाइएको हो । प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार नगर कार्यपालिका बोर्डबाट निर्णय भई विद्युत महसुल तिर्ने खर्चका लागि २ करोड रुपैयाँ छुट्याइएको हो ।

“नगरपालिकाले सामाजिक न्याय र सेवा प्रवाहलाई प्राथमिकता दिँदै सबै घरपरिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले यो योजना अघि बढाइएको हो,” यादवले जानकारी दिए ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले विद्युत महसुलको बोझ सर्वसाधारणका लागि ठूलो रहेको उल्लेख गर्दै भनिन्, “विद्युत नहुँदा जनताको दैनिकी प्रभावित हुन्छ, त्यसैले नगरपालिकाले सबै घरको महसुल आफैँ तिर्ने निर्णय गरेको हो ।

यसले आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत मिल्नेछ।” यसैबीच प्रदेशसभा सदस्यका प्रत्यासी महमद सेराजले यस कार्यको प्रशंसा गर्दै जनताको हितमा गरिएको निर्णय भन्दै समर्थन जनाए । उनले भने, “फतुवा बिजयपुर नगरपालिकाले देखाएको यो अग्रसरता सबै स्थानीय तहका लागि उदाहरणीय छ ।

विकासका नाममा ठूलाठूला योजना मात्र होइन, जनताको जीवनसँग जोडिएका यस्ता कार्यहरू नै साँचो विकास हुन्।” नगरपालिकाको यो निर्णयले स्थानीय जनतामा उत्साह थपेको छ । नगरवासीहरू यो निर्णयलाई जनमुखी र व्यवहारिक भन्दै स्वागत गरिरहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।