२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

फतुवा बिजयपुरमा पोषण सामाग्री वितरण

 

आरके श्रीवास्तव,गरूडा,चैत २९ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको सुत्केरी महिलाहरुलाई पोषण सम्बन्धी सामाग्रीहरु बितरण गरीएको छ । सो नगरपालिकाको वडा नम्बर ९ का महिलाहरू लाई पोषण सामाग्री बितरण गरिएको हो । पोषण वितरण कार्यक्रममा गाउँघरमा प्रयोगहुने पोषणयुक्त खानाका अलावा विभिन्न सामाग्रीहरू वितरण गरिएको वडा अध्यक्ष राकेश यादव उर्फ पप्पु यादवले जानकारी गराउनु भयो । सुत्केरीलाइ पोषक तत्व आवश्यक रहेको भन्दै वडा अध्यक्ष यादवले पोषिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने हुँदा त्यसैलाई रोक्नका लागि सानो भए पनि सहयोगको रुपमा प्रदान गरिएको जानकारी गराए । मधेस प्रदेश सरकारको सहयोगमा नगरपालिका बाट उपलब्ध आमा र बच्चा दुवैलाई सुरक्षित पार्ने उदेश्यले सामानहरू वितरण गरेको यादवले बताउनु भयो । प्रदेश सरकार बाट उपलब्ध दाल(२ किलो, खिर(२ किलो, जाउलो(२ किला, हलुआ(२ किलो जस्ता पोषिलो सामग्रीहरु समेत समावेश रहेको वडा अध्यक्ष यादवले जानकारी गराउनु भयो । कार्यक्रममा सुनौलो हजार दिनका आमाहरु र सुत्केरीहरु गरेर १ सय ५० जना महिलाले सामाग्री पाएका थिए । सो नगरपालिकाको सबै वडामा पोषण सामाग्री वितरण गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।