२०८२ मंसिर १
२०८२ मंसिर १

फतुवाबिजयपुरमा ३ कराेडकाे योजना अगाडि बढ्दै,योजना स्थल निरीक्षण 

आरके श्रीवास्तव,राैतहट,०६ गते भदौ  । 

राैतहटकाे फतुवाबिजयपुर नगरपालिकाको वडा नम्बर २ सीतलपुरदेखि वडा नम्बर ३ मेवा क्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा आरसीसी ढलान र नाला निर्माण कार्य अगाडि बढ्ने भएको छ । करिब ३ करोड रुपैयाँको लागतमा बन्ने यो योजनाको लागि स्थलगत निरिक्षण/सर्वेक्षण सम्पन्न भएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जका ईन्जिनियर रामविनय साहको नेतृत्वमा आएको प्राविधिक टोलीले बिहीबार सीतलपुर क्षेत्रमा पुगेर स्थल निरीक्षण तथा नापजाँच कार्य सम्पन्न गरेको हो । टोलीमा नासु मुकेश साह लगायत अन्य प्राविधिकहरू सहभागी थिए । स्थानीय भद्रभलाद्मीहरू, जनप्रतिनिधि तथा नागरिकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रमा ७ वटा याेजना छानाैट गर्नुपर्ने प्रावधान अनुसार आ.व.२०८२/८३ मा राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहकाे संसदीय याेजना अन्तर्गत पहिलाे याेजना रहेको आजपा नेता रामशरण यादवले जानकारी गराएका छन् । सांसद साहकाे विशेष पहलमा याे महत्त्वपूर्ण याेजना सुरु भएको उनकाे भनाइ छ ।

यो योजना अघि बढाउन नगरपालिकाको तर्फबाट देखाइएको सक्रियता उल्लेखनीय रहेको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले पनि योजना सहज बनाउन महत्वपूर्ण भूमिका खेलेकी छिन्।

उनले भनिन्, “स्थानीय तहमा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौं। यो योजना पनि सोही प्रयासको हिस्सा हो। नगरवासीलाई गुणस्तरीय सडक र नाला सुविधा उपलब्ध गराउन हामी दृढ छौं । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयबाट मात्रै दिगो विकास सम्भव छ।”

 

योजना वीरगंजस्थित सघन शहरी तथा भवन निर्माण कार्यालयमार्फत कार्यान्वयन गरिनेछ भने डिपिआर पनि नगरपालिकाकै समन्वयमा तयार गरिनेछ । ईन्जिनियर साहका अनुसार डिपिआर तयार गरी छिट्टै टेण्डर प्रक्रिया सुरु हुनेछ ।

साइट निरीक्षणको क्रममा मेयर प्रत्याशी विजय यादव “निर्बीज”, वडा नं. २ का अध्यक्ष अनिरूद्व प्रसाद यादव (संजय) स्थानीय अगुवाहरूको उपस्थिति थियो । निरीक्षणपछि आयोजना स्थलमै संक्षिप्त छलफल पनि भएको थियो ।

कार्यक्रममा सहभागी प्रदेश सांसद प्रत्याशी महमद सेराजले यस्तो पूर्वाधार योजनाले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै भने, “यस किसिमका विकास योजनाहरूलाई सहयोग गर्न म प्रतिबद्ध छु । जनताको आधारभूत आवश्यकतामा आधारित योजनाहरूमा सबै तहको सरकारबीच सहकार्य आवश्यक छ।”

फतुवाबिजयपुर नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकासमा अग्रसरता देखाउँदै आएको छ । सडक ढलान तथा नालाजस्तो अत्यावश्यक संरचनाको निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय निकायबीचको समन्वय एक सकारात्मक उदाहरणका रूपमा देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।