काठमाडौँ — जेनजी प्रदर्शनकारी मंगलबार राजनीतिक दलका नेता र मन्त्रीका घरमा ढुंगा प्रहार गर्न लागेका छन् । काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरूमा पनि प्रदर्शनकारी नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनिमा उत्रिएका हुन् ।
जेनजी प्रदर्शनको दोस्रो दिन मंगलबार प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरमा रहेको घरमा आगजनी गरेका छन् । त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।
सोमबार गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि ढुंगा प्रहार गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका थिए । उनीहरूलाई प्रदर्शनकारीले रोकेका थिए ।
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।








