२०८२ फाल्गुन २२
२०८२ फाल्गुन २२

टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छः रेशम चौधरी

काठमाडाैं, १५ जेठ । आज जेलमुक्त भएका पुर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।

 

डिल्लीबजार कारागारवाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग कुराकानी गर्र्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन । उनी आज बिहान रिहा भएका हुन्।

 

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुदैँ गर्दै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, उनले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’

रेशम चौधरीलाई लिन उनकी पत्नि तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी डिल्लीबजार पुगेकी थिइन्। जेलबाट रिहा हुदाँ पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमालाले उनको भब्य स्वागत गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।