२०८३ भाद्र २३
२०८३ भाद्र २३

जापानमा भारी वर्षापछि बाढी, चार जनाको मृत्यु

काठमाडौँ । जापानको चिबा प्रान्तमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । एक जना गम्भीर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् ।

भारी वर्षाका कारण सडक, घर तथा तल्लो भूभाग डुबानमा परेका छन् । मौसम अधिकारीहरूले चिबासहित टोकियो आसपासको कान्तो क्षेत्रमा थप भारी वर्षा, पहिरो र नदीमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएका छन् ।

चिबा प्रान्तका केही क्षेत्रमा यसअघि सबैभन्दा उच्च पाँचौँ तहको आपत्कालीन चेतावनी जारी गरिएको थियो । पछि त्यसलाई चौथो तहमा झारिए पनि पहिरो र डुबानको जोखिम कायमै रहेको भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

यातायात सेवा प्रभावित भएपछि करिब ७ हजार मानिस नारिता विमानस्थलमा रोकिएका छन् भने चिबाका विभिन्न स्थानमा सयौँ मानिसले आश्रय लिएका छन् । बाढीका कारण चिबासहित चार प्रान्तका करिब २४ हजार घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।