२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

चैतन्य पाठशालाले घोषणा गर्‍यो एक लाख २५ हजारका चार पुरस्कार

 

धनगढी, २० वैशाख

धनगढी-५ शिवनगरस्थित चैतन्य पाठशालाले एक लाख २५ हजारको चार वटा पुरस्कार घोषणा गरेको छ। पाठशालाले प्रत्येक वर्ष प्रदान गर्ने गरी पुरस्कार घोषणा गरेको हो।

पाठशालाले आज विद्यालयमा आयोजित एक समारोहबीच ५० हजार राशिको चैतन्य शिक्षा साधना पुरस्कार, २५ हजार राशिको चैतन्य साहित्य साधना पुरस्कार, २५ हजार राशिकै चैतन्य कला संस्कृति साधना पुरस्कार र २५ हजार राशिकै चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यो पुरस्कारको शाषि एक लाख २५ हजार हुन्छ।

पाठशालाका प्रमुख सल्लाहकार प्रा. डा. हेमराज पन्तको उपस्थितिमा एकेडेमीले पुरस्कार र राशि घोषणा गरेको हो। यसका साथै विद्यालयमा अध्यापनरत सबै शिक्षकलाई आदर्श शिक्षकको ब्याच वितरण गरिएको छ। पाठशालालाई सकारात्मक दृष्टिकोण र खुसी क्षेत्रसमेत घोषणा गरिएको छ।

पुरस्कार छनोट समितिको संयोजकमा प्रा. डा. हेमराज पन्त, सदस्यमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट र सदस्य सचिवमा चैतन्य ग्रुपका सिइओ गणेश जोशी रहेका छन्।

संस्कारसहितको शिक्षामा जोड दिँदै आएको एकेडेमीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गर्दै आएको छ। सोही अनुरूप समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यका साथ पुरस्कार घोषणा गरिएको जोशीले बताए।

‘बालबालिकाहरूलाई आधुनिक ज्ञानका साथै मानवीय मूल्यमा आधारित संस्कारसहितको शिक्षा आजको आवश्यकता हो। अहिले शिक्षामात्र नभएर व्यवहारिक शिक्षाको खाँचो रहेको छ। त्यसमा पनि संस्कारसहितको शिक्षा आवश्यक छ,’ जोशीले भने। धनगढीमा स्थापना भएर उक्त शिक्षा चैतन्य पाठशालाले प्रदान गरिरहेको जोशीले बताए।

किताबी ज्ञानका साथै अतिरिक्त र व्यवहारिक ज्ञान प्रदान गर्न आफूहरू सधैँ उद्धत रहने जोशीको भनाइ छ। विद्यार्थीहरूको चौतर्फी विकास र संस्कारसहितको शिक्षा नै आफूहरूको चाहना भएको उनले बताए।

विद्यार्थीलाई स्कुल जीवनबाट नै उद्यमशीलता तथा व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले बेला-बेला विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूबाट प्रशिक्षण गराउँदै आएको पाठशालाले पुरस्कार स्थापना गरेर थप सामाजिक उत्तरदायित्व निर्वाह गरेको प्रा. डा. पन्तले बताए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।