काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिन, उम्मेदवारीको सच्चाउन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यससम्बन्धी दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै उम्मेदवारको मनोनयन फिर्ता, उम्मेदवारीको सच्चाइ पाउने निवेदन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यसको दाबीसम्बन्धी प्रक्रिया अघि बढाएको हो ।
समितिका अनुसार निर्धारित समयभित्र सम्बन्धित उम्मेदवार वा प्रतिनिधि सदस्यले आवश्यक प्रक्रिया पूरा गरी दाबी वा निवेदन पेश गर्न सक्नेछन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित भइसकेको छ । उक्त नामावलीमाथि प्राप्त दाबी तथा निवेदनका आधारमा निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।
आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर विहिबार बिहान देखि नै मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ । एभरेष्ट न्यूज एजेन्सी







