२०८२ मंसिर १
२०८२ मंसिर १

कटहरिया–सन्तपुर सडक खण्ड पुनः अवरुद्ध, कजवे भएर पानी बग्दा जनजीवन प्रभावित

आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते । 

रौतहटको कटहरिया र सन्तपुरलाई जोड्ने मुख्य सडक खण्ड पुनः एकपटक अवरुद्ध बनेको छ । लाल बकैया पुलभन्दा अगाडि बाँधको छेउमा निर्माण गरिएको कजवे भएर बाढीको पानी बग्न थालेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

 

सडक डिभिजन चन्द्रनिगाहपुरले पुलको सट्टा कजवे निर्माण गर्दै आएको छ । स्थानीयवासीका अनुसार हरेक वर्ष बर्खायाममा बाढी आउँदा यो कजवे भएर पानी बग्ने समस्या दोहोरिरहन्छ । गत वर्ष पनि सोही स्थानमा निर्माण कजवे निर्माण गरिएको थियो । यद्यपि सम्बन्धित निकायले स्थायी समाधानका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

 

“हामीले वर्षौंदेखि पुल निर्माणको माग गर्दै आएका छौं,” कटहरियाका एक स्थानीय बासिन्दाले भने, “तर सधैं कजवे बनाएर समय कटाइन्छ । हरेक बर्खामा बाटो अबरुद्ध हुँदा विद्यालय, अस्पताल र बजार जानै समस्या हुन्छ।”

 

बाढीका कारण सवारीसाधन आवतजावत ठप्प भएको छ भने सर्वसाधारणलाई हिडेर यात्रा गर्नसमेत मुस्किल परेको छ । विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा दैनिक उपभोग्य सामान बोकेका सवारी साधन बाटैमा रोकिएका छन् । लामाेदूरीकाे अर्काे बाटाे प्रयाेग गर्न बाध्य छन् ।

 

यस सडक खण्डको महत्वपूर्णताका बावजुद हरेक वर्ष यस्ताे संरचनामा मात्र भर पर्ने सरकारी नीति प्रति स्थानीय आक्रोशित छन् । उनीहरूले स्थायी पुल निर्माणको माग गर्दै चाँडै समाधान नभए विरोध कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।