२०८३ आश्विन २१
२०८३ आश्विन २१

कटहरिया फिडरमा बुस कटिङका कारण विद्युत आपूर्ति प्रभावित हुने

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
कटहरिया । कटहरिया फिडरअन्तर्गत जलैया पुलदेखि दुधीयाभारसम्मको क्षेत्रमा विद्युत लाइन आसपासका झाडी तथा बुस कटिङ (झाडी सफाइ) गर्ने कार्य हुने भएको छ ।
उक्त कार्यका कारण आज दिउँसो १ बजेदेखि ३:४५ बजेसम्म सो क्षेत्रको विद्युत आपूर्ति अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित अवरोध न्यूनीकरणका लागि बुस कटिङको काम गर्न लागिएको हो । निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत आपूर्ति पुनः नियमित गरिने जनाइएको छ।
सम्बन्धित क्षेत्रका विद्युत उपभोक्तालाई कार्य अवधिमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।