२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

ईप्रका गरूडाका डीएसपी कार्कीको बिदाई, नयाँ डीएसपीमा आचार्यको आगमन

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज ०५ गते ।
राैतहटकाे इलाका प्रहरी कार्यालय, गरुडामा एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सरुवा भई अन्यत्र जान लाग्नु भएका डिएसपी राजन कार्कीलाई बधाई तथा आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ ।

डिएसपी कार्कीले आफ्नो कार्यकालमा गरुडा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, अपराध न्यूनीकरण गर्न तथा स्थानीय जनताको विश्वास जित्न उल्लेखनीय सफलता प्राप्त गरेका थिए । इमान्दारी, कुशलता र सक्रिय नेतृत्वका कारण उहाँको कार्यकाल व्यापक प्रशंसा योग्य रह्यो।

स्थानियबासी, जनप्रतिनिधिहरू तथा सामाजिक अभियन्ताहरूले डिएसपी कार्कीको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै आगामी ठाउँमा पनि यस्तै उत्कृष्ट कार्यप्रदर्शनको कामना गरेका छन् ।

उता, डिएसपी शंकर प्रसाद आचार्य इलाका प्रहरी कार्यालय, गरुडाका नयाँ प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न लाग्नुभएको छ । उहाँको आगमनसँगै स्थानीय स्तरमा अझै प्रभावकारी शान्ति सुरक्षाको अपेक्षा गरिएको छ ।

इलाका प्रहरी कार्यालय, गरुडा अब नयाँ नेतृत्व अन्तर्गत अघि बढ्दैछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।