२०८३ आश्विन १४
२०८३ आश्विन १४

यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् व्यवस्थापनलाई प्राथमिकता दिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार तथा सुधारको ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए। नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।

त्यस्तै, देशभरका १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गर्न आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने मन्त्री तिमिल्सिनाले बताए। विद्युत् अवरुद्ध हुँदा सेवा नरोकिने गरी टावरको ब्याट्री ब्याकअप क्षमता पनि बढाइँदैछ । उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ । यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिनेछ ।

भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, तारयुक्त तथा मुख्य प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्रीले जानकारी दिए । रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो ।

बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए । टिमुरेमा हेलिकप्टरमार्फत सौर्य प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ भने आवश्यक स्थानमा वैकल्पिक टावरबाट नेटवर्क कायम गरिएको छ ।

रसुवा, नुवाकोट र धादिङमा रहेको ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर क्षतिग्रस्त भएकोमा २७.४ किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताए । टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त मुख्य प्रसारण सेवा हाल माइक्रोवेभ प्रविधिबाट पुनःस्थापना गरिएको उनले जानकारी दिए एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।